यी हुन् सरकारले छानेका देशभरका १ सय नमूना विद्यालयहरू - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

यी हुन् सरकारले छानेका देशभरका १ सय नमूना विद्यालयहरू



काठमाडौं- देशभरका विद्यालयबाट सरकारले एक सय वटा नमुना विद्यालय छानेको छ । शिक्षा मन्त्रालयको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशभरबाट सय नमुना विद्यालय छनोट गरेको हो।

बुधबार शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार ती १०० विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको बताइएको छ । विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० वटा विद्यालय छनोट गरिएको सो केन्द्रले जनाएको छ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत यस परियोजनाको उद्देश्य आधारभूत तथा माध्यमिक तहमा सिकाईको नतिजामा सुधार गर्ने, माध्यमिक तहको परीक्षा प्रणालीलाई सुधार्ने, लैंगिक, सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले स्कुलमा सहभागिता बढाउने, माध्यमिक तहसम्मको पढाई पुरा गर्ने वातावरण बनाउने, शिक्षकको समयतालिका र विद्यालय प्रशासनमा सुधार गर्ने लगायत छन्।

हेर्नुहोस १ सय नमुना विद्यालयको सूची: