कोरोनाले बेहाल बन्दै भारत - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कोरोनाले बेहाल बन्दै भारत



काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा देखिएको सर्वाधिक संख्या हो।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमित ६०६ जनाको ज्यान गएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार ९१५ पुगेको छ।

यस्तै, कोरोना संक्रमण निको हुनेको संख्या ६ लाखभन्दा बढी छ। त्यहाँ कोरोनामुक्त हुनेको संख्या ६ लाख १२ हजार ८१५ छ।