विकल्प नखोजे नेकपा कुनैपनि बेला फुट्ने चेतावनी - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

विकल्प नखोजे नेकपा कुनैपनि बेला फुट्ने चेतावनी



काठमाडौं- पार्टी विवाद र सरकार सञ्चालनका विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसकिरहेका बेला नेकपाका दोस्रो तहका नेताहरुले भने पार्टीलाई संस्थागत निर्णयबाट चल्ने नबनाई बहुमत र अल्पमतको खेलमा गए नेकपा विभाजित हुने चेतावनी दिएका छन् ।

स्थायी कमिटीको बैठक माग गर्ने २० स्थायी कमिटीका सदस्यहरुले सहमतिमा जोड दिदै शिर्ष नेताहरुले अडान कायमै राखे पार्टी विभाजन हुने चिन्ता व्यक्त गरेका हुन ।

बहुमत र अल्पमतको आधारमा जाने हो भने यसले दुई अध्यक्षलाई नै वारी र पारी गराउने र अन्त्यमा पार्टी विभाजन हुनेनेकपा स्थायी कमिटी सदस्य चक्रपाणि खनालको भनाई छ ।

दुवै पदमा बस्ने प्रधामन्त्री केपी शर्मा ओलीको अडान गलत भएको भन्दै उनले ओलीका कारणले मात्रै यति ठूलो जनमत नआएको र यो मत नेपालको कम्युनिष्ट अन्दोलन एकिकरणको परिणाम भएको दावी गरेका छन्।

खनालले दुई अध्यक्षबीचमा मात्रै भएको सहमतिले पार्टी र सरकार अगाडी बढ्न नसक्ने र शीर्ष नेताहरुलाई उनीहरुकै ठाउँमा राखेर निर्णय भने पार्टीको कमिटी प्रणालीबाट हुनुपर्नेमा जोड खनालको जोड रहेको छ । बैठक बसेर गरेको बाहेकका अरु विकल्पले काम नगर्ने भन्दै उनले प्रधानमन्त्रीले कमिटी प्रणाली नमान्ने र अरुले बहुमतले निर्णय गर्ने भन्ने हो भने पार्टीको विवाद नमिल्ने दावी गरे ।

खनालले भने, ‘अहिले बहुमत, महाधिवेशन र चुनाव कुरामा नजाउँ । दुवै पदमा बस्छु भन्ने कुरा अरु पक्षले मानेको भए यो अवस्था आउने थिएन । अहिले पार्टी र सरकार राम्ररी चलेको छैन । दुवै छोडेर एक एकमा सहमति भए मिल्छ ।सहमति आवश्यक चाँडो छ । स्थायी कमिटीले सहमति निकाल्नुपर्छ । कुनै अमुक नेताहरुको सहमतिले मात्र हुदैन । पार्टी बैठकले गर्नुपर्छ । केही प्राविधिक कुराको समस्या पनि छ । दुइठूला पार्टीका बिचमा र जनताका विषयमा पनि सोच्नुपर्यो ।’

अहिले सहमतिका लागि सरकार सञ्चालनका लागि छुट्टै संयन्त्र बनाएर जाने र त्यसले काम गर्ने, केही शिर्ष नेताहरुले अब हाम्रो पालो सकियो अब दोस्रो पुस्तालाई दिनुपर्छ भनेर छोड्नुपर्ने वा एक पद एक व्यक्तिमा जाने विषयमा सहमति नभए पार्टी फुटबाट नजोगिने खनालले जनाए ।

उनले भने, ‘सचिवालयको काम चित्त नबुझेर नै २० जनाले स्थायी कमिटिको बैठक डाकौँ भनेको हो । अहिले पार्टीमा विभिन्न समुहहरु भएपनि अन्यथा होइन। गुटबाट डराउनुपर्दैन । सकारात्मक सोच राखेर छलफल गर्दा निस्कर्षमा पुगिन्छ ।’