शान्ता चौधरीले राखिन प्रधानमन्त्री ओलीको अर्को नाम - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

शान्ता चौधरीले राखिन प्रधानमन्त्री ओलीको अर्को नाम



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् ।

भारतको हेपाईलाई प्रधानमन्त्रीले दिएको जवाफले नेपालीलाई हौसला दिएको बताउँदै सांसद चौधरीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अर्को नाम आँट, स्वाभीमान र साहस भन्दै प्रशंसा गरेकी हुन् ।

सांसद चौधरीले लेखेकी छन्, ‘हेपाई कसैले सहन सक्दैन, गौतम बुद्ध भारतमा जन्मिएका हुन भन्ने, बारम्बार नेपालको राष्ट्रियताप्रति धावा बोल्ने भारतलाई सम्माननिय प्रधानमन्त्रीले दिनु भएको जवाफ सुन्दै गर्दा भन्न मन लाग्यो उहाँको अर्को नाम आँट, स्वाभिमान र साहस हो ।’

प्रधानमन्त्री ओलीले केहिदिन पहिले एक कार्यक्रममा अयोध्या नेपालको हो र राम नेपाली भएको अभिव्यक्ति दिएका थिए ।