प्रचण्ड समूहलाई बाँस्कोटाले दिए यस्तो चेतावनी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रचण्ड समूहलाई बाँस्कोटाले दिए यस्तो चेतावनी



काठमाडौं- नेकपामा लामो विवाद र किचलो भैरहेका बेला पूर्वमन्त्री तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हटाउन धम्की नदिन चेतावनी दिएका छन् ।

बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हठात हटाउने कुराको धम्की नदिन अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई चेतावनी दिएका हुन् ।

बाँस्कोटाले ओलीलाई हटाउने धम्कि दिनुभन्दा मिल्नु र मिलाउनुमै नेकपा र देशको सुदुरसम्मको हितमा हुने भन्दै सामाजिक संजालमा लेखेका छन् । उनले महिनैपिच्छेकाे वार्ताकाे फण्डा नगर्न पनि भनेका छन् ।

बास्कोटाले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालको नाम उल्लेख नगरेपनि दाहाल नेपाल समूहले ओलीको राजीनामा मागेकोले उनको अभिव्यक्ति पनि उनीहरुप्रति नै लक्षित भएको अनुमान सहजै लगाउन सकिन्छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले लेखेका छन्,’धाेवीले कुरा काट्याे, मैले सीता (श्रीमती) छाेडिदिएँ भनेर रामले भनेजस्ताे हाेईन, केपी ओलीले दुबै पद छाेडने कुरा। हठात हटाउने कुराकाे धम्की दिइरहनु भन्दा मिल्नु र मिलाउनमै नेकपा र देशकाे सुदुरसम्मकाे हितमा हाेला।महिनैपिच्छेकाे वार्ताकाे फण्डाबिनाकाे सुदृढ एकता कायम गरेकाे राम्राे।’