झनै कहालीलाग्दो बन्दै भारतमा कोरोना: एकैदिन बने दुई रेकर्ड - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

झनै कहालीलाग्दो बन्दै भारतमा कोरोना: एकैदिन बने दुई रेकर्ड



काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) थामिने लक्षण लिएको छैन । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् ।

२४ घण्टामा अहिलेसम्मकै सर्वाधिक २९ हजार ९१७ जना थपिएका हुन् । भारतमा यो सबैभन्दा उच्च हो । एकैदिन यतिधेरै संक्रमितसंगै कुल संक्रमित ९ लाख ३७ हजार ५६२ जना पुगेका छन् ।

यीमध्ये २४ हजार ३१५ जनाको ज्यान गएको छ । मंगलबार मात्रै ५८७ जनाले ज्यान गुृमाए । त्यस्तै ५ लाख ९३ हजार ८८ जनालाई निको भएको छ ।

मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको छ । यो पनि अहिलेसम्मकै सबैभन्दा बढी हो ।

सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ७४१ जना नयाँ संक्रमित थपिएर २ लाख ६७ हजार ६६५ पुगेका छन् । मृतक २१३ थपिएर १० हजार ६९५ पुगेका छन् ।

दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ५२६ थपिएर १ लाख ४७ हजार ३२४ पुगेका छन् । मृतक ६७ थपिएर २ हजार ९९ पुगेका छन् ।

दिल्लीमा १ हजार ६०६ जना थपिएर संक्रमित १ लाख १५ हजार ३४६ पुगेका छन् । मृतक ३५ थपिएर ३ हजार ४४६ पुगेका छन् ।

मंगलबार कर्नाटकमा ८७ मृतक थपिएर ८४६ पुगेका छन् ।