दीपाश्रीलाई क्षमा दिन दर्शकहरूलाई राजेश हमालको आग्रह - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

दीपाश्रीलाई क्षमा दिन दर्शकहरूलाई राजेश हमालको आग्रह



काठमाडौं- महानायक प्रकरणले विवादमा तानिएकी कलाकार दीपाश्री निरौलालाई माफि दिन महानायक राजेश हमालले उनका फ्यानलाई आह्वान गरेका छन् ।

दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु भन्दै मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दु:ख व्यक्त गरेका छन् ।

‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला,’उनले भने,‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु ।’

हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णु भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् ।

उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’