स्कुल कहिले खुल्छन् ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्कुल कहिले खुल्छन् ?



काठमाडौं- कोभिड १९ को संक्रमण त्रासको कारण बन्द भएका शैक्षिक संस्थाहरु कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाहरुबीच मत बाझिएको छ।

११ चैतदेखि लागू गरिएको लकडाउनका कारण अहिले विद्यालयदेखि विश्वविद्यालयसमेत बन्द छन्।

विद्यार्थीको सिकाइ क्षमतामा ह्रास नआओस् भनेर सरकारले सामुदायिक विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गरिरहेको छ। तर, यो पढाइ ग्रामीण भेगका विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन।

निजी विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा पनि प्रभावकारी बन्न नसकेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्।

विश्वविद्यालय, विद्यालय र प्राविधिक धारको पढाइ सञ्चालन गरिरहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले समेत वैकल्पिक माध्यमबाट पढाइ तथा परीक्षा सञ्चालन गर्ने कार्यविधि बनाएको छ।

तर, सबैको पहुँचमा नरहेको कारण कार्यविधिअनुसार पढाइ हुनेमा शिक्षा मन्त्रालयका अधिकारीहरुले नै शंका व्यक्त गरेका छन्।