मर्मस्पर्शी पत्र लेख्दै सुशान्तकी प्रेमिकाले तस्बिर सार्वजनिक गरिन् - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

मर्मस्पर्शी पत्र लेख्दै सुशान्तकी प्रेमिकाले तस्बिर सार्वजनिक गरिन्



एजेन्सी- भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको मंगलबार ठीक एक महिना पुगेको छ। गत जुन १४ तारिख उनी बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए।

सुशान्तको निधन भएको ठीक १ महिना पुगेका दिन आज उनकी प्रेमिका रिया चक्रवर्तीले इन्स्टाग्राममा उनीसँग आलिंगनरत तस्बिर सार्वजनिक गरेकी छन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साथमा उनले मर्मस्पर्शी भावना पनि व्यक्त गरेकी छन्।

रियाले लेखेकी छन्, ‘म अझै आफ्नासंवेदना काबुमा राख्न संघर्षरत छु। आफैंसँग लडिरहेकी छु। यतिबेला मेरो मनमा शून्यता छाएको छ। तपाईं नै त्यो व्यक्ति हो, जसले मलाई प्रेम तथा प्रेमको शक्तिमा भर पर्न सिकायो। तपाईंले यो पनि सिकाउनुभयो कि गणितको एउटा सानो सूत्रले कसरी जिन्दगी बुझ्न सहयोग गर्छ। मैले तपाईंबाट हरेक दिन सिकें। म विश्वासै गर्न सक्तिनँ कि तपाईं अहिले यहाँ हुनुहुन्न। म जान्दछु– तपाईं यतिबेला धेरै आनन्दको जीवन बिताइरहनुभएको छ।’

रियाले अगाडि लेखेकी छन्, ‘चन्द्रमा, तारा, यी वैज्ञानिकका, खुला अँगालोले स्वागत गरिरहेका छन्।’

‘अब तपाईं पनि तिनै चम्किने तारामध्ये एक हुनुभएको छ। मेरो सुटिङ स्टार म तपाईंलाई प्रतीक्षा गरिरहनेछु र प्रार्थना गर्छु कि तपाईं पुनः मसँग आउनुहोस्। कुनै सुन्दर व्यक्ति जस्तो हुन्छ, तपाईं बिलकुल त्यस्तै हुनुहुन्थ्यो, त्यो अजिबको आश्चर्य यो दुनियाँले देख्न पाएको थियो।’

‘मेरा शब्द तपाईंप्रति प्रेम बयान गर्न असमर्थ छन् र मेरो विचारमा तपाईंले पनि भन्नुहुन्थ्यो कि हाम्रो प्रेम हामी दुवैबाट धेरै पर छ। तपाईं हरेक चिजलाई खुला दिलले प्रेम गर्नुभयो र आज मलाई देखाइदिनुभयो वास्तवमा हाम्रो प्रेम कति गुणा धेरै छ। आनन्द लिनुहोस्, सुशी। तपाईंलाई गुमाएको आज ३० दिन भएको छ। तर तपाईंलाई बाँचुन्जेल माया गरिरहनेछु, सधैं तपाईंको साथमा रहेर। अनन्त र त्यसभन्दा पनि अझ उतासम्म।’

रियाको यस भनाइमा सामािजक सञ्जालमा मानिसले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। कसैले रियाको पीआर अभ्यास भनिरहेका छन् धेरैले प्रशंसा पनि गरिरहेका छन्।

प्रिया टाेन्कले टि्वट गरेकी छन्, ‘तपाईं अनुसन्धानको डरले यस्तो गरिरहनुभएको छ। तर तपाईंलाई कुनै प्रकारको सहानुभूति मिल्ने छैन।’