डा. भट्टराईले भने: अब ओलीलाई छाडा नछोडौं, उपचार गरौँ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

डा. भट्टराईले भने: अब ओलीलाई छाडा नछोडौं, उपचार गरौँ



काठमाडौं-जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीका वचन र कर्मले सीमा नाघेको टिप्पणी गरेका छन्।

ओलीको अध्योध्यासम्बन्धित विवादास्पद अभिव्यक्तिप्रति टिप्पणी गर्दै भट्टराईले अब प्रधानमन्त्री ओलीलाई छाडा छाड्नु खतरनाक हुने उल्लेख गरेका छन्।

मंगलबार ट्वीट गर्दै उनले भनेका छन्, ‘केपी शर्मा ओलीका वचनरकर्मले सीमा नाघ्दैछन, संसदमा ‘सिंहमेव जयते’ र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश रसंकटकालको ‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ !उपचार खोजौं!’

ओलीको उक्त अभिव्यक्तिको नेपाल तथा भारतमा चर्को आलोचना भइरहेको छ।