ओलीलाई भाजपाको चेतावनी: भारतीय जनताकाे आस्थासँग 'खेलवाड' नगर - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओलीलाई भाजपाको चेतावनी: भारतीय जनताकाे आस्थासँग ‘खेलवाड’ नगर



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो भनाईका कारण विवादित बनेका छन् । उनको यहि अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टीले चेतावनी समेत दिएको छ ।

भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय सोनकर शास्त्रीले भारतीय भगवान रामप्रति भारतीय जनताको विश्वाससँग खेलवाड नगर्न चेतावनी दिएका हुन्।

नेपालका प्रधानमन्त्री ओलीले ‘भारतले नक्कली अयोध्या खडा गरेको र, अयोध्या नेपालमै भएको’ अभिव्यक्ति दिएपछि भाजपाले यस्तो प्रतिक्रिया दिएको हो।

टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै शास्त्रीले भनेका छन् ‘भगवान राम भारतीय जनताको आस्थाको कुरा हो। यो आस्थासँग खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन। चाहे ति नेपालकै प्रधानमन्त्री किन नहोउन्।’

उनले भारतीय कम्यूनिष्टहरुले पनि भारतमा आम नागरिकको विश्वासमाथि खेलवाड गरेको बताउँदै भनेका छन् ‘नागरिककाे आस्थामाथि खेलवाड गर्नाले जसरी भारतीय कम्यूनिष्टहरु जनताबाट बहिष्कृत भएका छन्, नेपालमा पनि कम्यूनिष्टहरुकाे हालत पनि त्यस्तै हुनेछ।’