पुरानै भाडामा यात्रु बोक्ने, मास्क पनि दिने सुन्दर यातायातको घोषणा - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

पुरानै भाडामा यात्रु बोक्ने, मास्क पनि दिने सुन्दर यातायातको घोषणा



काठमाडौं । सुन्दर यातायात प्रालिले मंगलवारदेखी आफ्नो सेवा सुचारु गर्ने भएको छ ।

कोरोना संक्रमण सुरु हुनु अगाबै सवै यात्रुको ज्वरो परिक्षण गरेर यात्रु चढाउने गरेको जानकारी दिँदै यात्रुको सुरक्षालाई ध्यान दिँदै सेवा सुरु गर्ने जनाएको छ ।

‘यात्रुको स्वास्थ्यलाई ध्यान दिँदै यात्रुहरुका लागि स्यानिटाइजर, मास्क उपलब्ध गराउने र बसको हरेक राउन्डमा बस डिसइन्फेक्सन गरिने छ ।’ सोमवार जारी विज्ञप्तीमा उल्लेख छ । साथै पुरानै दरमा भाडा लिने पनि उल्लेख छ ।