भारतमा गुगलले ७५ हजार करोड लगानी गर्ने घोषणा - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

भारतमा गुगलले ७५ हजार करोड लगानी गर्ने घोषणा



एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुगलका सीईओ सुन्दर पिचाईबीच संवाद भएको छ । उनीहरुबीच सोमबार भएको भिडियो संवादका क्रममा विभिन्‍न सेक्टरमा बढ्दो प्रविधिसँगै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबारे कुराकानी भएको प्रधानमन्त्री मोदीले ट्विटमार्फत् जानकारी गराएका छन् ।

उनका अनुसार कोरोनाबाट उत्पन्‍न संकटले सिर्जना गरेको नयाँ कार्य संस्कृतिका विषयमासमेत दुवैजनाबीच कुराकानी भएको थियो ।

प्रधानमन्त्री मोदीले भारतका किसान, युवा र उद्यमीको जीवन परिवर्तनका लागि प्रविधिबाट लाभ हासिल गर्ने विषयमासमेत कुराकानी भएको बताइएको छ ।

गुगलका सीईओ पिचाईले पाँचदेखि सात वर्षमा भारतमा ७५ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् ।