मन्त्रिपरिषदको बैठक बस्दै: के छन् एजेण्डा ?
काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठक बेलुका ६ बजेका लागि बोलाइएको बताइएको छ ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकबारे केहि एजेण्डा भने तय भएका छैनन् तर सर्वोच्च अदालतले दिएको आदेशबारे छलफललगाएतका केहि निर्णय हुने बताए ।
त्यस्तै रिक्त विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।