अमिताभ र अभिषेक संक्रमित तर, जया र ऐश्वर्याको रिर्पोट नेगेटिभ - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

अमिताभ र अभिषेक संक्रमित तर, जया र ऐश्वर्याको रिर्पोट नेगेटिभ



एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । तर दुवैजनाका पत्नीहरुलाई भने कोरोना नेगेटिभ देखिएको छ ।

कोरोना संक्रमित बाबुछोराको उपचार नानावटी अस्पतालमा भईरहेको छ । परिवारका अन्य सदस्य साथै घरमा काम गर्ने कामदारको परीक्षण गरिएको थियो । जसमध्ये जया बच्चन, ऐश्वर्या र आराध्याको रिर्पोट नेगेटिभ आएको छ । कर्मचारीहरुको रिर्पोट भने आउन बाँकी रहेको जनाईएको छ ।

एउटै परिवारका सदस्यहरुमा कसैमा कोरोना देखिने र कसैमा नदेखिने घटना संसारभर भइरहेका छन् । कतिपय अवस्थामा आमालाई कोरोना भेटिने तर दूध पिउने सन्तानलाई कोरोना नेगेटिभ देखिने पनि उदाहरणहरु छन् ।

कोरोनाको पुष्टि भएपछि अभिशेकले दुवैलाई सामान्य लक्षण देखिएको र सम्बन्धित अधिकारीहरुलाई जानकारी गरिएको बताएका छन् । ‘सबैजनालाई शान्त बस्न अपिल गर्दछौं । हामी बृहन्ह मुम्बई महानगरपालिका (बीएमसी) को सपर्कमा छौं,’ अभिषेकले भनेका छन् ।

महानायक अमिताभले भने दश दिन भित्र आफूलाई भेट्ने सबैजनालाई कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।

महानायक अमिताभ बच्चनलाई अस्पतालको भिभिआईपी वार्डमा उपचार भइरहेको अस्पतालले जनाएइको छ । उनको उपचारमा डा.अन्सारी खटिएका छन् । बच्चनको उमेर ७७ बर्ष रहेको छ । अमिताभको स्वास्थ्यको लागि देशभरी चिन्ता व्यक्त गरिएको छ । अस्पतालले अमिताभको बारेमा बिहान बुलेटिन जारी गर्न सक्ने अनुमान गरिएकव छ ।

अमिताभ बच्चनको घर जलसा वरिपरिको बस्तीमा साढे तीन हजार कोरोना संकमित रहेका छन् । बिगत केही दिनअघि अभिषेक बच्चन आफ्नो अगामी चलचित्रको डबिङ्को लागि बाहिर निस्केका थिए । अमिताभ बच्चन समेत आफ्नो कार्यक्रम कौन बनेगा करोडपति (केबीसी) को प्रोमोको लागि बाहिर निस्केका थिए ।