एकैदिन २ लाख १४ हजारभन्दा बढी संक्रमित थपिए
काठमाडौँ- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २८ लाख ४१ हजारभन्दा बढी पुगेको छ ।
वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन २ लाख १४ हजारभन्दा बढीले बढेको हो ।
अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ६७ हजार ६२८ पुगेको छ । ७४ लाख ७८ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै ५८ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।