अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि: अस्पताल भर्ना - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि: अस्पताल भर्ना



काठमाडौं- भारतका प्रसिद्ध कलाकार अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

अमिताभ बच्चन आफैले ट्विटरमा आफूलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताएका छन्। उनलाई अहिले अस्पताल भर्ना गरिएको छ ।

बच्चनले आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। बच्चनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अमिताभ बच्चनलाई संसारभर आदर्श कलाकारको रूपमा हेर्ने गरिन्छ । भारतका चलेका र दिग्गज कलाकारले पनि उनको आशिर्वाद लिने गर्छन । बच्चन पछिल्लो समय अस्पताल भर्ना भएका बेला उनका समर्थकले उनको पूजा गरेका थिए ।

उनका चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायतका फिल्म आउँदै थिए।