प्रचण्डले भने: मैले हतार गरेको भए पार्टीमा दुर्धटना भैसकेको थियो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रचण्डले भने: मैले हतार गरेको भए पार्टीमा दुर्धटना भैसकेको थियो



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर देश र पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अथक प्रयास गरिरहेको र अन्तिम अवस्थासम्म पहल गर्ने बताएका छन्।

शनिबार दिउँसो बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु पार्टी एकतालाई कमजोर पार्न हुँदैन भन्ने कुरामा दृढ रहेको समेत बताए।’

‘पार्टी अध्यक्षको र तपाईंहरुको जनप्रतिनिधिको हैसियतले मैले देश दुर्घटनामा जाने, पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्न विश्वास दिलाउछु’, उनले भने, ‘मैले हतार गरेको भए दुर्धटना वा अर्काे के हुन्थ्यो मैले भन्न सक्दिनँ।’ उनले हतार गर्ने छुट कसैलाई पनि छैन भनेर आफूले पहल गरिरहेको बताए।

हतारमा निर्णय गरेर पुर्सदमा पछुताउने पक्षमा आफूहरु नरहेको उनकाे भनाइ थियाे। पार्टी एकता ऐतिहासिक र असाधरण काम भएको बताउँदै उनले यसलाई कमजोर बनाउन नहुने बताए।

उनले पार्टीभित्र केही समस्या र अप्ठ्याराहरु रहे पनि नयाँ समझदारी गरेर अगाडि बढ्ने बताए।

सत्तारुढ नेकपामा विवाद चर्किएको छ । प्रचण्ड- नेपाल समुहले प्रधानमन्त्री ओलीको कार्यशैलीले सरकार र पार्टीकै बदनाम भएको भन्दै दुवै पदबाट राजिनामा दिन दवाव दिइरहेका छन भने प्रधानमन्त्री ओलीले भने कुनैपनि अवस्थामा राजिनामा नदिने बरू पार्टी नै विभाजन गर्ने अडान लिएका छन् ।