प्रदर्शनकारीले जलाए ट्रम्पकी श्रीमतीको मूर्ति
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी अर्थात् फस्र्ट लेडी मेलानिया ट्रम्पको शालिकमा आगो लगाइएको छ ।
मेलानियाको जन्मस्थल स्लोभानियामा गत वर्ष स्थानीय मूर्तिकारहरुले रुखमा खोपेर उनको मूर्ति बनाएका थिए । मेलानिया जन्मिएको सहर सेभ्निया नजिकै सवा नदीको छेउमा रहहेको उक्त मूर्तिमा आगो लगाइएको हो ।
डोनल्ड ट्रम्पले जातीय विभेदलाई प्रश्रय दिने गरी अभिव्यक्ति दिएपछि स्लोभानियास्थित आक्रोशित समूहले मेलानियाको शालिक तोडफोड गरेका हुन् । निलो पहिरनसहितको मेलानियाको उक्त मुर्ति आकर्षक थियो । स्थानीयले आगलागी गरे पनि पूर्ण रुपमा क्षति हुन पाएन ।
प्रहरीले यस घटनालाई छानविन गर्ने जनाएको छ । अमेरिकाबाट अस्वेतहरुको आन्दोलन विस्तार हुँदै जाँदा विभिन्न देशमा यसको प्रभाव पर्न थालेको छ । आप्रवासी विरोधी र अस्वेत विरोधी नेताको रुपमा चिनिएका ट्रम्पको राष्ट्रवादी नीति विरुद्ध विभिन्न देशमा प्रदर्शन हुँदैआएका छन् ।