सरकारले तोक्यो कोरोना परीक्षणको शुल्क: अब ५ हजार ५ सयमा परिक्षण - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

सरकारले तोक्यो कोरोना परीक्षणको शुल्क: अब ५ हजार ५ सयमा परिक्षण



काठमाडौं-– सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।

उनकाअनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नम्बर २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नम्बर ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् ।

आफैँ कोरोना (कोभिड–१९) नमूना परीक्षण गराउन पाँच हजार ५०० लाग्ने छ । ती तोकिएका प्रयोगशालामा मानिसले शुल्क तिरेर परीक्षण गर्न पाउने छन् ।

यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।