सिङ्गापुर विर्वाचन: सत्तारुढ दललाई भारी बहुमत, विपक्षीले जिते जम्मा १० सिट - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

सिङ्गापुर विर्वाचन: सत्तारुढ दललाई भारी बहुमत, विपक्षीले जिते जम्मा १० सिट



काठमाडौं- सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट सत्तारुढ दललाई नै बहुमत प्राप्त भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचन मार्फत् फेरी सत्ता सञ्चालनको जनादेश पाएको हो ।

कुल खसेको मत मध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० मात्रै सिटमा जित्न सफल भएको छ ।

निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरी सरकार गठनका लागि गृहकार्य गर्ने साउथ चाइना मर्निङ्ग पोष्टले लेखेको छ ।अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहदै आएको छ ।

अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए ।आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताएका छन् ।

यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको यो अनपेक्षित नतिजा नभउकोे उनको भनाइ छ ।

उनले भने, “अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिं भएको छ ।”

उनले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताए ।

सत्तारुढ दल पिएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशत मात्रै ल्याएको हो ।

मतदानका लागि सामाजिक दुरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोरानाभाइरसका लागि अपनाउनु पर्ने अन्य सतर्कताहरु अपनाउन पनि लगाइएको थियो ।

देशभरी मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरु रहेकोमा यस पटक बढाएर ११ सय पु¥याइएको थियो ।