अमेरिकामा एकैदिन ६५ हजार भन्दा बढी नयाँ संकमण पुष्टि - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

अमेरिकामा एकैदिन ६५ हजार भन्दा बढी नयाँ संकमण पुष्टि



एजेन्सी-। संयुक्त राज्य अमेरिकामा फेरि कोरोना संक्रमणको नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६५ हजार भन्दा बढी नयाँ संकमणको पुष्टि भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्त राज्य अमेरिकामा हालसम्म करोनो संक्रमणको कुल संख्या ३२ लाख रहेको छ । पछिल्ला तीन दिनमा, दैनिक औसतमा ९ सय भन्दा बढी मानिसहरूले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

अमेरिकामा कोभिडबाट मर्नेहरूको संख्या बढेर १ लाख ३३ हजार २ सय ९१ पुगेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि भनेका छन्, ‘अमेरिकामा धेरै परीक्षणहरू भइरहेकोले संक्रमणका घटनाहरू पनि अधिक रेकर्ड भइरहेको छ। उनका अनुसार, अमेरिकामा कोभिडका लागि हालसम्म चार करोड भन्दा बढी व्यक्तिको परीक्षण गरिएको छ।’

अमेरिकामा संक्रामक रोगहरूका विशेषज्ञ र ट्रम्प सरकारका सल्लाहकार डाक्टर एन्थोनी फौचीले भनेका छन्, ‘अमेरिकामा केही राज्यहरू चाँडै नै खोलिएका थिए, जुन अब मूल्य तिर्दै आएका छन् र संक्रमणका घटनाहरू त्यहाँ द्रुत गतिमा बढेको छ।’

डा. फौचीले भने, ‘सबै राज्यहरुलाई लकडाउन प्रतिबन्ध बिस्तारै हटाउन र सावधानीका साथ अगाडि बढ्न दिशानिर्देश गरियो ।’ सबैलाई थाहा छ फ्लोरिडा यसको एक उत्कृष्ट उदाहरण हो। फ्लोरिडामा, गत महिना प्रत्येक दिन आउने संक्रमणका नयाँ संख्याको औसत संख्या एक हजारको नजिक थियो, जुन अहिले प्रति दिन नौ हजार भन्दा बढीमा पुगेको छ।

फ्लोरिडाका स्वास्थ्य प्रमुख डाक्टर जोन सिनोट्टले भने, ‘कोभिड १९ बाट हुने मृत्युको संख्या यहाँको जीवनमा यस्तो वृद्धि भइरहेको छ कि मानौं कुनै बस दुर्घटना दिनहुँ भइरहेको छ। हरेक दिन नयाँ नम्बरहरू थपिदैछ। फ्लोरिडामा २ सय ७ गहन सेवा युनिटहरू छन्, जसमध्ये ४५ पूर्ण बिहीबार साँझसम्म भरिएका छन्। ’