काठमाडौं उपत्यकामा कोरोना महामारी जोखिम बढ्यो: प्रधानमन्त्री - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काठमाडौं उपत्यकामा कोरोना महामारी जोखिम बढ्यो: प्रधानमन्त्री



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा कोरोनाभाइरसको महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै गएको बताएका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरे।

‘गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो। यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै जाँदैछ।’

उनले यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्ने भन्दै सबैले थप गंभीरताका साथ अनुशासन पालना गरी सचेत हुनुपर्नेमा जोड दिए।

राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक÷स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्नेमा उनको जोड थियो।