सप्तकोसीमा पानीको बहाव उच्च, रातो बत्ति बालियो, ३० ढोका खोलिए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सप्तकोसीमा पानीको बहाव उच्च, रातो बत्ति बालियो, ३० ढोका खोलिए



काठमाडौं- अबिरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढेको छ। पहाडी जिल्लामा भएको उच्च वर्षा र बाढीका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान १० बजे सप्तकोसी नदीमा दुई लाख सात हजार ७१५ क्युसेक मापन गरिएको छ। नदीमा बहाव बढ्ने क्रम जारी रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

सतह बढेपछि कोसी ब्यारेजबा ५६ मध्ये ३० वटा ढोका खोलिएको बताइएको छ।

ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ। कोसी ब्यारेजमा पाँच लाख क्युसेक बहाव पुगेपछि खतारापूर्ण मानिन्छ।