२४ घण्टा खतरा: देशभर ठूलाे वर्षा, महाशाखाले दियो चेतावनी - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

२४ घण्टा खतरा: देशभर ठूलाे वर्षा, महाशाखाले दियो चेतावनी



काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो तथा राति देशभर सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ।

अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि झरी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनुसार आज दिउँसो सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी रहेनछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२४ घण्टा खतरा: महाशाखाको चेतावनी

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिन वषा जारी रहने

मनसुनको न्यून चापीय रेखा नेपालनजिकै रहेकाले आगामी तीन दिन देशभर वर्षा व्यापक हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानै जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन (शुक्रबारदेखि आइतबारसम्म) देशभर वर्षा जारी रहने सम्भावना छ।

देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म र थोरै ठाउँमा भारी वर्षासमेतको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले सतर्कता भने अपनाउनैपर्ने हु्न्छ।