भ्रम र अफबाह फैलाउने १ सय वटा अनलाईन बन्द
काठमाडौँ – काउन्सिल नेपालले अफबाह फैलाउने र भ्रामक समाचार सम्प्रेषण गर्ने १ सय वटा अनलाईन बन्द गरेको छ ।
पछिल्लो समय काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने अनलाइनहरूलाई निरन्तर कारबाही गर्दै आइरहेको छ ।
काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुठो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर.कम’ लाई बन्द गरेको छ ।
त्यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ । पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरिएको अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।
यससँगै प्रशारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको सङ्ख्या १०० पुगेको छ ।
त्यस्तै, भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ ।
भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।