चिनियाँ राजदूत यान्छी पुगिन् प्रचण्ड निवास: के भयो कुरा ? - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

चिनियाँ राजदूत यान्छी पुगिन् प्रचण्ड निवास: के भयो कुरा ?



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको ।

पछिल्लो समय नेकपाभित्रको विवाद चर्किरहेका बेला राजदूतले नेकपाका नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएकी हुन् ।

बिहीबार बिहान राजदूत यान्छीले अध्यक्ष प्रचण्डसँग नेकपाभित्रको विवाद समाधानबारे छलफल गरेको स्रोतले जानकारी दियो । राजदूतको भेटवार्तालाई केही नेकपा नेताहरुले स्वीकार गरेका छैनन् ।

राजदूत यान्छीले यसअघि नेता झलनथा खनाल, माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेकी छन् । उनले विशेषगरी नेकपाभित्रको विवाद र सरकार परिवर्तनबारे नेकपा नेताहरुसँग कुरा गर्दै आइरहेकी छन् ।

नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीले सरकारबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

विवाद साम्य पार्न नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निरन्तर छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।