भारतीय मिडियाले भारतलाई समेत नङ्ग्याए: मन्त्री योगेश भट्टराई - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतीय मिडियाले भारतलाई समेत नङ्ग्याए: मन्त्री योगेश भट्टराई



काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले नेपाल, नेपाली प्रधानमन्त्री र नेपाली नेताहरुबारे भारतीय मिडियामा आएका समाचार र टिप्पणीप्रति कडा असन्तुष्टि जनाएका छन्।

मन्त्री भट्टराईले भारतीय मिडियाले प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा गरेका टिप्पणीले पूर्विय सभ्यताको उपहास भइरहेका बताए।

बिहीबार ट्विट गर्दै मन्त्री भट्टराईले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ पूर्विय सभ्यताको उपहास भइरहेको छ। उनीहरुले आफैँलाई सरेआम नङ्ग्याइरहेका छन्। दया लाग्छ उनीहरुको चिन्तनप्रति!’

भारतीय टीभी च्यानल जी न्यूज (बिहार झारखण्ड)ले हालै प्रधानमन्त्री केपी शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्बन्धमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियाे।

‘ओली कि ईश्कीया’ शीर्षकमा प्रसारित रिपोर्टमा टिभीले चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै उनकै जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ।