भारतीय मिडियालाई बकवास बन्द गर्न नारायणकाजीको चेतावनी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतीय मिडियालाई बकवास बन्द गर्न नारायणकाजीको चेतावनी



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताएका छन्।

श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चार माध्यमले नेपाल र प्रधानमन्त्रीको बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको बताएका हुन्। उनले लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बक वास बन्द गर।’

त्यस्तै उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति एक ढिक्का रहेको पनि बताएका छन्। उनले विदेशीको स्वार्थ पुरा गर्न नदिने पनि बताएका छन्।

‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं। विदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ,’ उनले लेखेका छन्, ‘यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’

नेपालले लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाले नेपाल विरोधी विभिन्न प्रचारहरु गर्दै आइरहेका छन्।