अध्ययन भन्छ: कोरोनाबाट भारतमा सबैभन्दा बढी क्षति हुन्छ - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अध्ययन भन्छ: कोरोनाबाट भारतमा सबैभन्दा बढी क्षति हुन्छ



एजेन्सी- अनुसन्धानकर्ताहरुले भारतमा कोविड १९ को अभावमा सन् २०२१ को जाडोको अन्त्य सम्ममा प्रति दिन कोरोना भाइरस संक्रमित २ लाख ८७ हजार संक्रमित हुने चेतावनी दिएको छ ।

अमेरिकी राज्य म्यासेचुसेट्स स्थित एमआईटीको स्लोन स्कुल अफ मेनेजमेन्टका शोधकर्ता हाजिर रहमानदाद, टवाीई लिम र जोन स्टरम्यानद्वारा गरिएको एक अध्ययन अनुसार विश्वमा २०२१ को बसन्त मौसम सम्ममा २४ करोड ९० लाख संक्रमित र १८ लाख मृत्यु हुन सक्छ । शोधकर्ताहरुले यो अनुमान भ्याक्सिनको खोज नभएको र उपचार उपलब्धताको अभावमा गरिएको स्पष्ट पारेका छन् ।

शोधकर्ताहरुले ८४ देशमा ५ अर्ब आवादीको विश्वनिय जाँच आंकडाका आधारमा एक डायनामिक एपिडेमियोलोजिकल मोडल तयार गरेको हो । यस अध्ययनले लेखकले लेखेका छन्- ‘हामीले विश्व स्तरमा कोविडा १९ महामारीलाई लिएर सबै देशका लागि अनुमान लगाउने मोडल बनाएका छौं । हाम्रो मोडल रोग प्रसारको गतिशिलतालाई प्रतिनिधित्व गर्छ ।’

जाँचमा तिब्रता ल्याउनु पर्ने

यो अनुमान जाँचको बर्तमान गति, सरकारी निति र आम नागरिकको कोविड १९ प्रतिको रवैयालाई ध्यानमा राखि अगाडी सारेको उनीहरुले बताए । त्यसैले यसलाई भविष्यको ग्यारेन्टीका रुपमा नभएर सम्भावित जोखिमका रुपमा हेरिनु पर्ने छ ।

यदि जाँचमा तिब्रता ल्याइयो र आपसी सम्पर्क सिमित गरियो भने महामारी फैलिने आशंका पनि कमजोर हुने अनुसन्धानकर्ताहरुले बताए । यदि यसमा ध्यान नदिने हो भने भविष्यमा कोरोनाको थप विकराल रुप हेर्न बाध्य हुनुपर्ने छ ।

भारत सबैभन्दा प्रभावित हुने

यस अध्ययन अनुसार २०२१ मा जाडोको अन्त्य सम्ममा जुन देशको संक्रमण दरको अनुमान लगाइएको हो त्यसमा शिर्ष १० देशमा भारत, अमेरिका, दक्षिण अफ्रिका, इरान, इन्डोनेसिया, बेलायत, नाइजेरिया, टर्की, फ्रान्स र जर्मनी परेका छन् ।

अनुसन्धानले जाडोको अन्त्य सम्ममा भारत सबैभन्दा अधिक प्रभावित देश हुने देखाएको छ । त्यसपछि प्रतिदिन ९५ हजार संक्रमित सहित अमेरिका, २१ हजार प्रतिदिन संक्रमित सहित दक्षिण अफ्रिका र इरानमा प्रतिदिन १७ हजार प्रतिदिन संक्रमित हुने छ ।

एम आइटीका सोधकर्ताहरुले संक्रमण दर पुर्वको तुलनामा १२ गुणा र मृत्यु दर पहिलेको तुलनामा ५० प्रतिशत अधिक हुने बताएका छन् ।