उद्दारको लागि सभामुख सापकोटा हेलिकप्टर लिएर सिन्धुपाल्चोक उडे - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

उद्दारको लागि सभामुख सापकोटा हेलिकप्टर लिएर सिन्धुपाल्चोक उडे



काठमाडौं- मध्यरातमा गएको भिषण पहिरोको कारण गाउँ नै बगाएपछि उद्दारको लागि सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टर लिएर उक्त क्षेत्रमा जाँदैछन ।

सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन सभामुख सापकोटा उक्त क्षेत्रमा जान लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्दारलाई तिब्र बनाउन पार्टीपंतिलाई निर्देशन दिईसकेका छन् । बाटो अबरुद्ध हुँदा उद्दारको काम प्रभावकारी हुनसकेको छैन ।

उद्दार गर्नकै लागि हेलिकप्टरमार्फत् सभामुख सापकोटा उक्त क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकारले जनाएका छन् । बाढी र पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो।

भोटेकोशी र खाल्डे खोलामा आएको बाढीले दुई दर्जन भन्दा बढी घर बगाएको छ भने कम्तिमा २० जना बेपत्ता छन् दुई जनाको मृत्यु भएको पुष्टि भैसकेको छ । सम्पूर्ण क्षतिको विवरण आइसकेको छैन।