सडक मर्मतको माग गर्दै नेविसंघले बुझायो ज्ञापन पत्र - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सडक मर्मतको माग गर्दै नेविसंघले बुझायो ज्ञापन पत्र



विशाल पाण्डेय/सुखड, कैलाली-

कैलालीको घोडाघोडी नगरपालिकाका सम्पुर्ण सडकहरुको अवस्था एकदमै दयनीय रहेको भन्दै नेपाल विद्यार्थी संघ घोडाघोडी नगर कमिटिले नगरपालिका लाई ३ बुदेँ मागसहित ज्ञापन पत्र बुझाएको छ ।

बुधबार नेपाल विद्यार्थी संघ घोडाघोडी नगर कमिटिले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सिंहलाई कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।

ने.वि. संघ सभापती कलक जंग सिंहद्बारा हस्ताक्षरित ज्ञापन पत्रमा वडा नम्बर ११ का सम्पुर्ण रोडहरु असार २५ गते सम्म ग्राभेल गरिसक्नुपर्ने, अन्य वडाहरुमा रहेका रोडहरुको अवस्था हेरेर पुनः मर्मत गर्नुपर्ने र नगरपालिको कार्यालय लगायत अन्य ठाउँहरुमा सामाजिक दुरी कायम गरि काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै ज्ञापन पत्रमा सडकको बिषयमा सामाजिक संजाल तथा बिभिन्न संचार माध्यामहरुमा समाचार आईरहदा पनि सम्बन्धित निकाय मौन र मुखदर्शक बन्नु आफैमा लज्जाको बिषय भएको उल्लेख गरिएको छ । जनता रैति र म यहाँको शासक हुँ भन्ने सोचलाई त्यागेर समयमै सच्चिन नगरका सम्पुर्ण जनप्रतिनिध नेपाल विद्यार्थी संघ घोडाघोडी नगर कमिटि हार्दिक अनुरोध समेत गरेको छ ।

ज्ञापन पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहले चाडो भन्दा चाडोँ सडक मर्मत गरिने बताए ।