देशभर कोरोना संक्रमित घट्दा काठमाडौंमा ह्वात्तै बढे - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

देशभर कोरोना संक्रमित घट्दा काठमाडौंमा ह्वात्तै बढे



काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या घटेपनि काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु काठमाडौंका १६ र ललितपुरका ७ जना रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ४ सय २३ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २५३ जना घर फर्किएका छन्।