झनपछि झन् बढ्दैछ अमेरिकामा कोरोना संक्रमण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

झनपछि झन् बढ्दैछ अमेरिकामा कोरोना संक्रमण



काठमाडौं- अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्दै गएको छ। गएको २४ घण्टामा अमेरिकामा ५५ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ।

वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा ५५ हजार दुई सय १५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै त्यहाँ संक्रमितको संख्या ३० लाख ९६ हजार नाघेको छ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट एक लाख ३३ हजार नौ सय ७१ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा त्यहाँ नौ सय ९२ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ४५ हजार ६ सय २२ पुगेको छ। गएको २४ घण्टामा मात्रै विश्वभर पाँच हजार चार सय ८२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार तीन सय १२ जनाले कारोना संक्रमणको कारण ज्यान गुमाएका छन्।

त्यसैगरी भारतमा चार सय ७९, मेक्सिकोमा चार सय ८०, इरानमा दुई सय, रुसमा एक सय ९८, पेरुमा एक सय ८०, बेलायतमा एक सय ५५, दक्षिण अफ्रिकामा एक सय ९२, कोलम्बियामा एक सय ४९, इराकमा एक सय १८ जनाले ज्यान गुमाएका छन्।

भारतमा गएको २४ घण्टामा २३ हजार एक सय ३५ जनामा संक्रमण देखिएको छ। त्यहाँ अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ५३ पुगेको छ। त्यसैगरी संक्रमितको संख्या सात लाख ४३ हजार चार सय ८१ पुगेको छ।