कोरोनाको निकै बेवास्ता गरेका ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी- ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । सीएनएनका अनुसार राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना संक्रमण भएको बताइएको छ ।
सीएनएनले जनाएअनुसार बोल्सोनारोले आफूलाई कोरोना भाइरस संक्रमण भएको बताएका हुन्। कोरोनाको जस्तै लक्षण देखिएपछि बोल्सोनारो सोमबार अस्पताल पुगेका थिए ।
उनलाई ज्वरो र खोकीको समस्या रहेको जनाईएको छ । परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
उनि तिनै राष्ट्रपति हुन् जसले कोरोना भाइरसबारे पटक पटक बेवास्ता गर्दै आइरहेका छन् । उनको बेवास्ताकै कारण ब्राजिल अहिले सबैभन्दा कठिन मोडमा पुगको पनि उनीमाथि आरोप छ । बोल्सोनारो लकडाउन विरुद्धको प्रदर्शनमा समेत आफै सहभागी भएका थिए।
उनले कोरोना सामान्य रुघाखोकी मात्र भएकाले यसलाई बेवास्ता गर्नुपर्ने भन्दै उल्टै स्वास्थ्य विज्ञहरूलाई हकारेका थिए । मुलुकका स्वास्थ्य अधिकारीले महामारी रोक्न लकडाउन गर्नुपर्ने सुझाव दिइरहँदा बोल्सोनारोले यसलाई सामान्य रोगका रुपमा लिन आग्रह गर्दै आएका थिए।