शैलेश थापा क्षेत्री नयाँ आइजीपीका लागि सिफारिस - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

शैलेश थापा क्षेत्री नयाँ आइजीपीका लागि सिफारिस



काठमाडौं- नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा गृह मन्त्रालयले एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ ।

आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट नियुक्ति गर्नका लागि महानिरीक्षक सिफारिस गरी बैठकमा उपस्थित हुन निर्देशन दिइएको थियो ।

स्रोतका अनुसार आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो ।

आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल पनि प्रधानमन्त्री ओली निकट मानिन्छन् । अब मन्त्रिपरिषद्को निर्णयले कसलाई नियुक्ति गर्छ त्यो भने हेर्न बाँकी छ ।

उनलाई आइजीपी बनाउनका लागि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सिफारिस गरेको बुझिएको छ ।