ओली-प्रचण्डबीच सहमति: स्थायी कमिटि बैठक भोलि बस्ने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओली-प्रचण्डबीच सहमति: स्थायी कमिटि बैठक भोलि बस्ने



काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको तिक्तता अन्त्यकालागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको निर्णायक वार्ता भाग-३ सकिएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको वान टु वान वार्ता सकारात्मक भएको बताईएको छ । नयाँ बनेको सहमति अनुसार पटक पटक स्थगित गरिँदै आएको नेकपाको स्थायी समितिको बैठक भोलि बस्ने भएको छ।

स्थायी समितिको बैठक राखेर छलफल गर्ने समझदारी बनेको स्रोतले जनाएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको पौने तीन घण्टा लामो छलफलमा सो समझदारी बनेको हो।

सकारात्मक भनिएको निर्णयक वार्ता भाग-३ पछि पनि छलफललाई भोली पनि फेरि निरन्तरता दिने बताइएको छ ।

पार्टीभित्र उत्पन्‍न संकट समाधानका लागि भएको वान टु वान छलफल सकारात्मक भएको प्रधानमन्‍त्री ओलीको सचिवालयले समेत जनाएको छ ।

ओली इतरसमूहले प्रधानमन्त्री र अध्यक्ष पदबाट दुवैबाट हट्न ओलीलाई दबाब दिइरहेका छन् भने ओली दुवै पदबाट नहट्ने आफ्नो अडानमा छन्।

पार्टीलाई गतिशील रुपमा चलाउन नसकेको र सरकार सञ्चालनमा पनि स्वेच्छाचारी भएको भन्दै ओलीइतर समूहले आलोचना गर्दै आएको छ।