ओली र प्रचण्डबीच निर्णायक वार्ता भाग-३ सकियो - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

ओली र प्रचण्डबीच निर्णायक वार्ता भाग-३ सकियो



काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको तिक्तता अन्त्यकालागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको निर्णायक वार्ता भाग-३ सकिएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको वान टु वान वार्ता सकारात्मक भएको बताईएको छ । सकारात्मक भनिएको निर्णयाक वार्ता भाग-३ पछि फेरि छलफललाई निरन्तरता दिने बताइएको छ ।

पार्टीभित्र उत्पन्‍न संकट समाधानका लागि भएको वान टु वान छलफल सकारात्मक भएको प्रधानमन्‍त्री ओलीको सचिवालयले समेत जनाएको छ ।

सोमबार दुई अध्यक्षबीच भएको निर्णायक वार्ता भाग-२ मा वार्तामार्फत् विवादित विषयको टुंगो लगाउने सहमति बनेको थियो। स्थायी कमिटीको बैठक बुधबार पुनः बस्दै छ।

ओली इतरसमूहले प्रधानमन्त्री र अध्यक्ष पदबाट दुवैबाट हट्न ओलीलाई दबाब दिइरहेका छन् भने ओली दुवै पदबाट नहट्ने आफ्नो अडानमा छन्।

पार्टीलाई गतिशील रुपमा चलाउन नसकेको र सरकार सञ्चालनमा पनि स्वेच्छाचारी भएको भन्दै ओलीइतर समूहले आलोचना गर्दै आएको छ।