भारतीय पाइलटले उडाएको नेपाली सवार जहाज दुर्घटना
काठमाडौं । फिलिपिन्समा जहाज दुर्घटना भएको छ । पाइलट तालिममा प्रयोग हुने उक्त जहाज समुन्द्रमा दुर्घटनामा परेको बताइएको छ ।
फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । जहाज मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे उडेको थियो । जहाजलाई पाइलटले समुन्द्रमा आपतकालीन अवतरणको प्रयास गरेको बताइएको छ ।
अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार जहाजमा सवार ४ जना नै सकुसल छन् । उनीहरुलाई तुरुन्तै पानीबाट बाहिर निकालिएको थियो । जहाज भारतीय पाइलटले उडाएका थिए । जहाँ एक भारतीय, एक नेपाली र अर्का एक फिलिपिनी विद्यार्थी सवार थिए ।
फिलिपिनी नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट र सबै यात्रुको स्वास्थ्य अवस्थामा सामान्य छ । दुर्घटनालगत्तै खटिएको उद्दार टोलीले उनीहरुलाई पानीबाट बाहिर निकालेको थियो ।
समुन्द्रमा झरेको विमान ६ फिट गहिराईमा पुगेको थियो । समुद्री किनारबाट ६ मिटरकै दुरीमा जहाज झरेको थियो । यो जहाज जाम्बोआंगा विमानस्थलबाट अर्को सहर डुमगेटका लागि उडेको थियो ।