‘इनफ इज इनफ’सँग गल्यो सरकार: आरडीटी बन्द लगायत १२ सहमति
काठमाडौं- कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा सरकारी प्रयास कमजोर भएको भन्दै विरोधमा उत्रिएर आमरण अनशन (सत्याग्रह) मा बसेका युवाको अभियान ‘इनफ इज इनफ’ सँग सरकारले सहमति गरेको छ।
स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सोमबार १२ बुँदे सहमति भएको हो। सहमतिअनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही ईशान अधिकारी र पुकार बमलगायतले सत्याग्रह तोडेका छन्।
आरडिटी परीक्षण स्थगित गर्नुपर्ने, पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै समाजमा पुनस्र्थापना गराउने, विदेशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखेर ५ दिनपछि मात्रै स्वास्थ्य परीक्षणपछि घर पठाउनुपर्ने र क्वारेन्टाइनसम्बन्धी निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएपछि सरकार र अनशनरत युवाबीच सहमति भएको हो।
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा महामारीले उग्र रूप लिई आमसर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै अभियन्ताले असार १२ देखि आमरण अनशन थालेका थिए।
सहमतिपत्र–