कोरोना अपडेट: छिमेकी देश भारतको बेहाल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरोना अपडेट: छिमेकी देश भारतको बेहाल



काठमाडौं- कोरोना भाइरस संक्रमणको कारण गएको २४ घण्टामा ब्राजिलपछि सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ।

गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ब्राजिलमा ६ सय ५६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा भारतमा चार सय ७४ जनाको मृत्यु भएको वर्ल्डओमिटरमा उल्लेख छ।

त्यसैगरी अमेरिकामा तीन सय ५१ जनाले ज्यान गुमाएका छन् भने मेक्सिकोमा दुई सय ७३, पेरुमा एक सय ८३, इरानमा एक सय ६०, कोलम्बियामा एक सय ४६, रुसमा एक सय ३५, दक्षिण अफ्रिकामा एक सय ११ जनाले ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट तीन हजार पाँच सय ४० जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वमा संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ४० हजार ३१ पुगेको छ। यो मंगलबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

गएको २४ घण्टामा विश्वभर एक लाख ७० हजार एक सयमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै विश्वभर संक्रमितको संख्या एक करोड १७ लाख ३१ हजार पाँच सय ८८ पुगेको छ।

भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ। त्यहाँ अहिलेसम्म २० हजार एक सय ७४ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या सात लाख २० हजार तीन सय ४६ पुगेको छ। सोमबार मात्रै त्यहाँ २२ हजार पाँच सय १० जनामा संक्रमण पुष्टि भएको छ।