गगन थापाकाे चेतावनी: कांग्रेससँग नजिक देखिएर तर्साउने धन्दा बन्द गर - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गगन थापाकाे चेतावनी: कांग्रेससँग नजिक देखिएर तर्साउने धन्दा बन्द गर



काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा गुट विवादमा कांग्रेसलाई देखाएर एकअर्कालाई तर्साउन खोजेको बताएका छन्।

नेकपाका विवाद उत्कर्समा पुगिरहँदा प्रधानमन्त्री तथा नेकपाका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाटका बारेमा समाचारहरु प्रकाशित भइरहँदा थापाले यस्तो बताएका हुन्।

‘जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएका हुन्। यसमा हामी स्पष्ट छौं’ एक ट्वीट गर्दै उनले भनेका छन् ‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन हो। प्रवृति फेर,धन्दा छोड।’

यसबारेमा नेपाली कांग्रेसके केन्द्रीय कार्य समितिको बैठकमा पार्टी नेता रामचन्द्र पौडेलले पार्टी सभापतिसँग जवाफ पनि माग गरेका थिए। त्यस क्रममा सभापति देउवाले प्रधानमन्त्रीसँग भेटघाट भएको र त्यहाँ संवैधानिक परिषदका बारेमा कुराकानी भएकाे जानकारी गराएका थिए।