अमेरिकी राष्ट्रपति चुनावमा ट्वीस्ट: ट्रम्पका प्रशंसक नै ट्रम्पविरुद्ध लड्ने
एजेन्सी- अमेरिकाको राष्ट्रपति पदमा र्यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने बताएका छन् । आफू सन् २०२० को अमेरिकी राष्ट्रपति पदका लागि दौडमा रहेको चर्चित र्यापर कान्ये वेष्टले जानकारी दिएका हुन् ।
आफूले प्रशंसा गर्ने व्यक्ति डोनाल्ड ट्रम्पविरुद्ध नै आफ्नो उम्मेदवारी हुने भएको पनि उनले उल्लेख गरे । उनको उम्मेदवारीलाई उनकी सेलिब्रेटी श्रीमती किम कार्दशियन वेष्ट र उद्यमी एलोन मस्कले समर्थन गरेका छन् ।
आफू संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि दौडमा रहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै उनले भने अमेरिकीसमक्ष दिएका बाचाहरु पूरा गर्ने समय आएको बताएका छन् ।
भगवानप्रति भरोसा गर्दै हाम्रा लक्ष्यहरुलाई एक गर्दै सुन्दर भविष्यको निर्माणमा एकत्रित हुने समय आएको पनि उनको भनाइ छ । कान्ये के साच्चिकै राष्ट्रपति पदका लागि मैदानमा उत्रने छन् भन्नेमा भने धेरैले आशंका गरेका छन् । ह्वाइटहाउसका लागि आफ्नो दावी रहेको उनले यो पहिलो पटक भनेका होइनन् ।
सन् २०१५ को एमटीभी म्युजिक अवार्डमै उनले २०२० का लागि राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।