पार्टीमा विवाद चर्किएकै बेला प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता
काठमाडौं- सत्तारुढ दल नेकपामा विवाद चर्किएको छ । आफ्नै दलका बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजिनामा गर्न चर्को दवाव दिएका छन् । दुई पक्षमा विवाद मिलाउने नेताहरूले प्रयास गरिरहेका छन् । यस्तै समयमा प्रधानमन्त्री ओलीले भने राजनीतिक भेटघाटलाई तिब्र पारेका छन् ।
प्रधानमन्त्री ओलीले कहिले पार्टी फुटाएर नेपाली कांग्रेससंग मिलेर सरकार बनाउने छलफल गरेका छन् त कहिले आफ्नो पक्षमा सडकमा आन्दोलन गर्न भातृ संगठनलाई परिचालन गरेका छन् ।
यस्तै अनेक दृश्यका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेटेका छन्। आइतबार दिउँसो प्रधान सेनापति थापा र प्रधानमन्त्री ओलीबीच भेटघाट भएको हो।
बालुवाटारमा मन्त्रीपरिसदका सदस्यहरूलाई बोलाएर आफूले जस्तोसुकै कदम चाल्नसक्ने बताइरहेका बेला उनले प्रधानसेनापतिलाई भेट्नुले राजनीतिक वृत्तमा चासोको बिषय बनेको छ ।
प्रधानमन्त्री ओलीलाई दुवै पद चदना चर्को दावाव परेपछि कतिपय नेताहरूसंग उनले अब एउटी पार्टीमा रहिरहन नसकिने बताउँदै आएका छन् । फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएपछि प्रधानमन्त्री ओलीले शीतल निवास र वालुवाटार दौडधुप गरेका थिए।