ओली–प्रचण्डबीच वार्ता हुन सकेन: प्रधानमन्त्रीले समय नै दिएनन् - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

ओली–प्रचण्डबीच वार्ता हुन सकेन: प्रधानमन्त्रीले समय नै दिएनन्



काठमाडौं- सत्तारुढ नेकपाको जारी विवाद अन्त्य गर्न बस्ने भनिएको दुई अध्यक्षको बैठक अझै बस्न सकेको छैन । सहमतिको प्रयासका लागि भनेर पार्टी स्थायी कमिटि बैठक स्थगित गरिएपनि दुई अध्यक्षबीच दिउसोसम्म वार्ता बस्न सकेको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिएका कारण बैठक बस्न नसकेको हो । प्रचण्डले बिहान प्रधानमन्त्री ओलीसंग टेलिफोन संवाद गरेर बस्न आग्रह गर्दा प्रधानमन्त्रीले केहिदिन बैठक सार्नुहोस, छलफल गरौंला भनेका थिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षबीच वार्ताकै लागि शनिबार बिहान टेलिफोन संवाद गरी दुई दिनका लागि बैठक स्गगित गर्ने सहमति भएको जानकारी दिए ।

तर, वार्ता गर्नको लागि प्रधानमन्त्री ओलीले समय नदिएको कारण वार्ता हुन नसकेका कारण अध्यक्ष प्रचण्ड खुमलटारमै अल्मलिएका छन् ।

नेकपामा देखिएको विवाद अघिल्लो सातादेखि उत्कर्षमा पुगेको छ । अघिल्लो सातादेखि जारी स्थायी कमिटि बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै दुवै पदबाट राजिनामा मागेका थिए ।

प्रधानमन्त्री ओली भने कुनैपनि पदबाट राजिनामा नदिने बरु पार्टी नै विभाजन गर्ने अडान लिएपछि वार्ता र संवादमार्फत समस्या हाल गर्ने भन्दै विभिन्न नेताहरूले फरक फरक पहल गर्दै आइरहेका छन् ।