प्रधानमन्त्री ओलीले मागे समय - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

प्रधानमन्त्री ओलीले मागे समय



काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेका छन् । उनले समय मागेसंगै नेकपाको जारी स्थायी कमिटिको बैठक स्थागित गरिएको छ ।

नेकपाभित्र सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएकाे बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।