नेकपाको स्थायी कमिटि बैठक आजपनि स्थगित
काठमाडौं– सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटि बैठक आजपनि स्थगित भएको छ ।शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।
बैठक कम्तिमा २ दिनसम्म स्थगित हुने बताइएको छ । नेकपामा पछिल्लो समय चरम संकटको अवस्था आएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।
बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।
शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अलग्गै पार्टी घोषणा गर्ने तयारी गरेपछि पार्टी फुटको संघारमा पुगेको छ । यधपी फुट्न नदिन पार्टीका विभिन्न तहका नेताहरू सक्रिया भएका छन् ।