नेकपा स्थायी कमिटिको वैठक बस्दै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपा स्थायी कमिटिको वैठक बस्दै



काठमाडौं- पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्णायक छलफलमा जुट्दैछन् । आजको बैठकबाट अध्यक्षद्वयको निर्णायक संवादले विवाद हल हुने अपेक्षा गरिएको छ ।

शुक्रबार भएको छलफल सकारात्मक भएपनि निचोडमा नपुगेकाले दुबै अध्यक्ष छलफलमा जुट्न लागेका हुन् ।हिजोको छलफलमा सहमतिको मिलनबिन्दु खोजी गर्न दुवै अध्यक्ष सहमत भए पनि दुवै आ–आफ्नै अडानमा रहँदा निकास हुन सकेको थिएन ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद कुनै हालतमा पनि नछोड्ने अडान लिदै आएका छन् भने दाहालले दुईमध्ये एक पद नछोडि नहुँने मुडमा देखिन्छन ।