पार्टी बचाउने अन्तिम कसरत - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पार्टी बचाउने अन्तिम कसरत



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दै छ । विहान ११ बजेका लागि बैठक डाकिएको छ । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षहरु छलफलमा जुट्ने छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विवाद समाधानबारे बैठकअघि फेरी कसरत गर्न लागेका हुन् ।

शुक्रबारको करिब ४ घण्टाजतिको ओली प्रचण्डबीचको छलफल बिना निष्कर्ष सकिएपछि शनिबार पनि छलफल गर्न लागेको हो ।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागी शुक्रबारको छलफल दिउँसो करिब साढे १२ देखि सुरु भएर साढे २ बजेसम्म चलेको थियो ।

पछिल्लो केही दिनयता चरम उत्कर्षमा पुगेको नेकपाभित्रको विवादले गर्दा पार्टी नै फुट्ने हो कि भन्ने शंका उत्पन्न हुन थालेपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो ।