काठमाडौं बानेश्वरका एक जनाको कोरोना संक्रमणबाट मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

काठमाडौं बानेश्वरका एक जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं- काठमाडौंमा कोरोना संक्रमणको भयावह अवस्था देखिन सक्ने विज्ञहरूले चेतावनी दिइरहेका बेला बानेश्वरका एक जना पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँको बानेश्वरका ८५ वर्षीय एक वृद्धको मृत्यु भएको हो।

उनमा उच्च रक्तचाप र पार्किन्सन्सको समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

उनी बुधबार छाती दुखेको र पिसाब कम भएको समस्या लिएर काठमाडौँकै एक निजी अस्पततालमा उपचारका लागि पुगेका थिए। उनको अस्पतालको आईसीयूमा उपचारकै क्रममा मृत्यू भएको थियो।

उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।